पोखरा, १० जेष्ठ । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनेका संरचना हटाउन शनिबारदेखि डोजर अभियान सुरु गरेको छ ।
वर्षौंदेखि विवादमा रहेको फिर्के क्षेत्रमा करिडोर निर्माण गर्ने उद्देश्यले मेयर म्जबलचबव ब्अजबचथब र वडाध्यक्षहरूको नेतृत्वमा तीन स्थानबाट एकसाथ डोजर चलाइएको हो ।
पहिलो चरणमा जिरो किमीदेखि सिर्जना चोकसम्मका संरचना हटाइँदै छन् भने अन्य दुई टोलीले वडा २–१८ र वडा ४–५ क्षेत्रबाट पनि भत्काउने काम थालेका छन् ।
२०८० सालको नापजाँच प्रतिवेदनअनुसार खोलाघरभित्र १६० वटा संरचना परेको उल्लेख छ, जसमा सरकारी कार्यालयदेखि निजी घरसम्म समावेश छन् ।
महानगरले जेठ ९ भित्र संरचना आफैं हटाउन सूचना जारी गरेपछि केही संघसंस्था र स्थानीयले स्वयं हटाएका थिए भने बाँकी संरचनामा अहिले डोजर चलाइएको हो ।














