काठमाडौं, ९ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले जननेता मदन भण्डारी का विचारलाई समयअनुकूल विस्तार गर्दै व्यवहारमा लागू गर्नुपर्ने बताएकी छन् ।
शनिबार आयोजित ‘मिडियामा मदन भण्डारी’ पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा उनले वर्तमान राजनीतिक चुनौतीका बीच मदन भण्डारीका विचार अझ सान्दर्भिक बनेको उल्लेख गरिन् ।
उनले लोकतन्त्र, सुशासन, सामाजिक न्याय, राजनीतिक नैतिकता र राष्ट्रिय एकताजस्ता विषय पुनः राष्ट्रिय बहसको केन्द्रमा आएको भन्दै युवापुस्ताले मदन भण्डारीको विचारको गम्भीर अध्ययन, बहस र विकास गर्नुपर्ने धारणा राखिन् ।
आधुनिक सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गर्न पनि उनले युवालाई सुझाव दिइन् ।














