विराटनगर, ९ जेठ । नेपाली कांग्रेस सभापति गगन थापाले भदौ २४ गते भएको घटनाको सत्यतथ्य बाहिर ल्याउन तत्काल न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेका छन् ।
विराटनगरस्थित कोइराला निवास पुगेका थापाले सरकारले उक्त घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाए ।
उनले भदौ २३ गतेको घटनामा भइरहेको अनुसन्धानमा कांग्रेसको समर्थन रहेको बताए पनि भदौ २४ मा कोइराला निवासदेखि चाक्सीबारी तथा सिंहदरबारदेखि राष्ट्रपति भवनसम्म भएको क्षति, युवाहरु र प्रहरीको मृत्युबारे निष्पक्ष छानबिन हुनुपर्ने बताए ।














