काठमाडौं, ८ जेष्ठ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं लाई हिरासतमा राख्न थप म्याद नदिन सर्वोच्च अदालतले आदेश दिएको छ।
जिल्ला अदालत पर्साले बिहीबार चार दिन हिरासतमा राख्न अनुमति दिए पनि उक्त अवधिभित्र अनुसन्धान पूरा भए वा नभए पनि उनलाई रिहा गर्न सर्वोच्चले निर्देशन दिएको हो।
प्रसाईंलाई यसअघि तीन दिन हिरासतमा राखिएको थियो। कार्यक्रमका लागि पर्सा पुगेका बेला प्रहरीले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेको छ।














