काठमाडौं, ६ जेष्ठ । अमेरिकाले इरानमाथिको आर्थिक दबाब बढाउँदै इरानसँग सम्बन्धित वित्तीय सञ्जाल, कम्पनी र तेल ढुवानी गर्ने जहाजमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ ।
अमेरिकी कोष विभागअन्तर्गतको ओएफएसीले ५० भन्दा बढी कम्पनी, व्यक्ति तथा १९ वटा जहाजलाई प्रतिबन्ध सूचीमा राखेको हो । अमेरिकाले ती संस्था र जहाजहरूले इरानलाई अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्न तथा अर्बौं डलर बराबरको अवैध आम्दानी गर्न सहयोग गरेको आरोप लगाएको छ ।
नयाँ प्रतिबन्ध मुख्य रूपमा इरानको विदेशी मुद्रा विनिमय कम्पनी …अमिन एक्सचेन्जÚ र यूएई, टर्की, हङकङ तथा चीनस्थित फ्रन्ट कम्पनीहरूमा केन्द्रित छ ।
अमेरिकी अधिकारीहरूका अनुसार इरानले तेल, एलपीजी, मेथानोल र पेट्रोकेमिकल उत्पादन निर्यातमार्फत प्राप्त रकम सेना तथा आतंकवादी समूहलाई सहयोग गर्न प्रयोग गर्दै आएको छ ।
विश्लेषकहरूले यस कदमको असर विश्वव्यापी तेल बजारमा पनि पर्न सक्ने बताएका छन् ।














