जनकपुर, ४ वैशाख। जनकपुरस्थित प्रसिद्ध जानकीमन्दिरको उत्तराधिकारी महन्तमा बाबा राम रोशन दास वैष्णवलाई उच्च अदालतले घोषणा गरेको छ ।
उच्च अदालतको उक्त फैसलासँगै जानकीमन्दिरको उत्तराधिकार सम्बन्धी लामो समयदेखिको विवादले कानुनी निष्कर्ष पाएको बताइएको छ ।
अदालतको निर्णयपछि बाबा राम रोशन दास वैष्णवका समर्थक तथा श्रद्धालुहरूले खुसी व्यक्त गर्दै स्वागत गरेका छन् ।
निर्णयपछि जनकपुरधाममा धार्मिक तथा सामाजिक वृत्तमा सकारात्मक प्रतिक्रिया देखिएको छ ।
स्थानीयवासी तथा भक्तजनहरूले अदालतको निर्णयलाई ऐतिहासिक भन्दै बाबा राम रोशन दास वैष्णवलाई बधाई तथा शुभकामना दिएका छन् ।














