जनकपुरधाम, ७ बैसाख । जनकपुरधाममा महिलालाई स्वरोजगार तथा व्यवसायमुखी बनाउने उद्देश्यले ११ दिने सीपमूलक तालिम सम्पन्न भएको छ ।
जनकपुर उपमहानगरपालिका, २१ कुर्थामा गरिबसँग विश्वेश्व कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको तालिममा आर्थिक अवस्था कमजोर भएका ३० जना महिलाको सहभागिता रहेको थियो ।
फाइबर माला, कालोधुप र कपासका बत्ती बनाउने सीप प्रदान गरिएको उक्त तालिमपछि सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ ।














