वीरगन्ज, ७ चैत । जेन–जी आन्दोलनका क्रममा भएको दमनबारे राष्ट्रिय मानव अधिकार आयोग ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहित उच्च तहका अधिकारीविरुद्ध कारबाही सिफारिस गरेको छ ।
आयोगद्वारा गठित छानबिन समितिले अध्यक्ष तपबहादुर मगर लाई करिब ९ हजार पृष्ठको प्रतिवेदन बुझाउँदै दोषीमाथि कारबाही गर्न सुझाव दिएको हो ।
लिली थापा नेतृत्वको समितिले तत्कालीन गृहमन्त्री रमेश लेखक तथा सुरक्षा निकायका प्रमुखहरूलाई पनि जिम्मेवार ठहर गरेको छ । प्रतिवेदनमा सुरक्षा संयन्त्रको कमजोर तयारीका कारण ठूलो मानवीय क्षति भएको निष्कर्ष निकालिएको छ भने आयोगले घटनासम्बन्धी ८१ जनासँग बयान लिएको जनाएको छ ।














