कठमान्डौँ, ५ चैत । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयन गर्न गरिएको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
अधिवक्ता मनिषकुमार श्रेष्ठ र बासु खड्काले मनोनयन प्रक्रिया संविधानविपरीत भएको भन्दै बदर गर्न माग गरेका हुन् । रिटमा राष्ट्रपति, प्रधानमन्त्री कार्यालयलगायतलाई विपक्षी बनाइएको छ ।
निवेदकहरूले राष्ट्रिय सभामा मनोनयन हुनुअघि गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने दाबी गरेका छन् ।














