काठमाडौं, ३ चैत । निर्वाचन आयोगले समानुपातिकतर्फ ११० सांसद निर्वाचित भएको घोषणा गरेको छ ।
प्रतिनिधि सभा निर्वाचनको मतको आधारमा दलहरूले नाम सिफारिस गरेका सांसदलाई चैत ५ गते प्रमाणपत्र वितरण गरिनेछ ।
सांसदहरूले प्रमाणपत्र लिनका लागि चैत ३ भित्र नागरिकता वा राष्ट्रिय परिचय पत्र र दुई पासपोर्ट साइज फोटो आयोगमा बुझाउनुपर्नेछ ।














