जनकपुर, ३ चैत । जनकपुर उपमहानगरपालिका–२४ मा निर्माण गरिएका दुई वटा पुल उपयोगविहीन बनेका छन् ।
स्थानीयका अनुसार ती पुलहरू बस्ती वा सडक जोड्ने आवश्यक स्थानमा नभई बीच चौरमा निर्माण गरिएका कारण सर्वसाधारणले प्रयोग गर्न सकेका छैनन् ।
करिब लाखौं रुपैयाँ खर्च गरेर बनाइएका यी संरचनाले अपेक्षित सेवा दिन नसकेको भन्दै स्थानीय बासिन्दाले असन्तुष्टि व्यक्त गरेका छन् ।
न त यहाँ खोल्सा छ, न बाटो-पुल किन बनाइयो भन्ने नै बुझ्न सकेनौं,Æ एक स्थानीयले भने । स्थानीयवासीले योजनाविहीन विकासले राज्यको बजेट दुरुपयोग भएको आरोप लगाउँदै सम्बन्धित निकायसँग छानबिन र जिम्मेवार व्यक्तिमाथि कारबाहीको माग गरेका छन् ।
यता सरोकारवाला निकायले भने योजना छनोट र कार्यान्वयन प्रक्रियाबारे प्रतिक्रिया दिएको छैन ।
coming soon kp report














