काठमाडौं, २० फागुन । श्री एयरलाइन्सको जहाज सुर्खेत विमानस्थलमा अवतरणका क्रममा टायर पड्किएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार काठमाडौंबाट दिउँसो १ः५२ बजे पुगेको ९एन-एओएल दर्ता नम्बरको जहाज पार्किङ क्षेत्रमा जाँदै गर्दा टायर पड्किएको हो ।
जहाजमा ५० यात्रु सवार रहे पनि सबै यात्रु तथा चालक दलका सदस्य सकुशल छन् । घटनापछि जहाज ग्राउन्डेड गरिएको छ भने सुर्खेत–काठमाडौं उडान रद्द गरिएको छ ।












