महोत्तरी, १९ फागुन । बर्दिवास नगरपालिका–१ स्थित रातो पुलमाथि प्लास्टिकको डल्लो वा बलजस्तो देखिने शंकास्पद वस्तु फेला पर्दा केहीबेर स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।
पुलमाथि बेवारिसे अवस्थामा रहेको उक्त वस्तु देखेपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए । प्रहरीले तत्कालै घटनास्थल वरपरको क्षेत्रलाई नियन्त्रणमा लिई सर्वसाधारणको आवतजावत रोकेको थियो ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो । प्राविधिक परीक्षणपछि शंकास्पद वस्तुलाई सुरक्षित रूपमा निष्क्रिय (डिस्पोज) गरिएको प्रहरीले जनाएको छ ।
घटनाबाट कुनै मानवीय क्षति नभएको र हाल अवस्था सामान्य रहेको प्रहरीले स्पष्ट पारेको छ । विस्फोटक पदार्थ कसले र किन राखेको भन्नेबारे अनुसन्धान सुरु गरिएको छ ।
सुरक्षाकर्मीले आसपासका क्षेत्रको निगरानी बढाउनुका साथै आवश्यक प्रमाण संकलन गरिरहेका छन् ।














