काठमाडौँ, ८ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटहरूमा फागुन २१ गतेको निर्वाचनको भोलिपल्ट फागुन २२ गते साधारण तारेख तोकेको छ ।
रिटकर्ता पक्षका अनुसार सो दिन केवल साधारण तारेख दिइएको हो । यसअघि संवैधानिक इजलासले संसद् विघटनसम्बन्धी १६ वटा रिटमा लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।
सबै पक्षबाट लिखित जवाफ पेस भइसके पनि हालसम्म प्रारम्भिक सुनुवाइ मात्र भएको छ र थप सुनुवाइको मिति तोकिएको छैन ।
रिटमा प्रतिनिधिसभा विघटन र राष्ट्रपतिबाट गरिएको निर्णय असंवैधानिक भएको दाबी गर्दै बदरको माग गरिएको छ ।














