काठमाडौं, ८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट ११ किलो गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा समीना अख्तर बेग मिर्जा, मोध जुनैड र अफ्सन अमीर हुसेन शेख रहेका छन् । शुक्रबार बिहान विमानस्थलको आवागमन टनेल गेटबाट विमानस्थल सुरक्षा कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














