काठमाडौँ, ८ फागुन । नेकपा (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले दाङको तुलसीपुर मा एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएको घटनाप्रति कडा आपत्ति जनाएको छ ।
एमालेले उक्त कार्यलाई राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य गतिविधि भन्दै भत्र्सना गरेको छ। प्रेस विज्ञप्तिमार्फत अध्यक्ष केपी शर्मा ओली विरुद्ध नाराबाजी गरिएको र महासचिव शंकर पोखरेल को गृह नगरमै अराजक गतिविधि भएको उल्लेख गरिएको छ ।
एमालेले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ ।














