काठमाडौँ, ८ फागुन । राजधानी काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पाँचौँ स्थानमा परेको छ ।
IQAir का अनुसार शुक्रबार बिहान काठमाडौँको वायु गुणस्तर सूचकांक (AQI) १८२ मापन गरिएको छ, जसले हावाको अवस्था ‘अस्वस्थ’ रहेको देखाउँछ ।
काठमाडौँको हावामा पीएम–२.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १६.५ गुणा बढी पाइएको छ । त्रिपुरेश्वर, बालकोट, कोटेश्वर र कुमारीपाटी क्षेत्रमा प्रदूषण बढी मापन गरिएको छ ।
वायु प्रदूषण बढेकाले बाहिर व्यायाम नगर्न, झ्याल–ढोका बन्द राख्न, एयर प्युरिफायर र मास्क प्रयोग गर्न सुझाव दिइएको छ ।
सूचीको शीर्ष स्थानमा लाहोर (ब्त्तक्ष् ४१२) रहेको छ भने त्यसपछि ढाका, नयाँ दिल्ली र कोलकाता रहेका छन् ।














