काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसमा नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री रामवीर मानन्धर प्रवेश गरेका छन् ।
बिहीबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगन थापाले मानन्धरलाई पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गरे । लामो समय एमालेमा सक्रिय रहेका मानन्धर पछिल्लो समय निष्क्रिय थिए ।
उनी काठमाडौँ–७ बाट तीन पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । यसैगरी, एमाले रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकाल पनि कांग्रेसमा प्रवेश गरेका छन् ।
ढकाल संविधानसभा सदस्य तथा एमालेका पूर्व केन्द्रीय सदस्यसमेत हुन् ।














