काठमान्डौँ, ५ फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केही सञ्चारमाध्यमले पार्टीविरुद्ध भ्रामक तथा गलत सूचना सम्प्रेषण गरेको आरोप लगाउँदै कडा आपत्ति जनाएको छ ।
मंगलबार काठमाडौंस्थित केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत नेकपाले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराएको हो ।
पार्टीले पत्रकारिताको न्यूनतम मान्यता र निर्वाचन आचारसंहिता विपरीत सूचना फैलाएर पार्टीलाई अवमूल्यन गर्ने प्रयास भइरहेको दाबी गरेको छ । साथै सबै सञ्चारमाध्यमलाई पत्रकारिताको मर्यादा र आचारसंहिता पालना गर्न आग्रह गर्दै नेपाल प्रेस काउन्सिललाई निष्पक्ष र कडाइका साथ अनुगमन गर्न अपिल गरेको छ ।














