काठमाडौँ, ५ फाल्गुन । भक्तपुरस्थित आफ्नै निवासबाट मध्यरात पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध सार्वजनिक शान्तिमा खलल पु¥याएको कसुरमा मुद्दा चलाइने भएको छ ।
यो कसुरमा बढीमा २५ दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी व्यवस्था छ । काठमाडौँ जिल्ला प्रहरीका अनुसार निर्वाचन आयोगको पत्राचारका आधारमा उनलाई पक्राउ गरिएको हो ।
आयोगले उनका गतिविधि र अभिव्यक्तिले सार्वजनिक शान्तिमा असर परेको ठहर गर्दै तत्काल पक्राउ गर्न अनुरोध गरेको जनाएको छ ।
प्रसाईंलाई आजै म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिनेछ ।














