काठमाडौँ, १९ माघ । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने निर्वाचनलाई लोकतन्त्रको महत्त्वपूर्ण परीक्षा भएको बताएका छन्।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जमा आयोजित प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहमा उनले निर्वाचन सुरक्षालाई प्रभावकारी, निष्पक्ष र विश्वसनीय बनाउन निर्देशन दिए ।
गृहमन्त्री अर्यालले प्रहरीलाई नियन्त्रण गर्ने नभई सक्षम बनाउने सरकारको नीति रहेको स्पष्ट गर्दै सेवाग्राहीको भरोसा कायम राख्न र निष्पक्षता प्रभावित हुने कुनै पनि गतिविधि सह्य नहुने बताए ।














