काठमाडौं, १९ माघ । आज अपरान्ह १ः१५ बजे राष्ट्रियसभाको बैठक बस्दैछ ।
बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अध्यागमन ऐन र त्यस अन्तर्गत बनेका विधायनसम्बन्धी अध्ययन प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
साथै, राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल गर्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
यस्तै, गृह मन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली ऐन, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन र नेपाल विशेष सेवा ऐन संशोधनसम्बन्धी अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यक्रम रहेको छ । 














