काठमाडौँ, १८ माघ । भारतले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको केन्द्रीय बजेटमा नेपाललाई दिइने विकास सहायता बढाएको छ ।
छिमेक पहिलो’ नीतिअन्तर्गत नेपालका लागि अनुदान ८०० करोड भारतीय रुपैयाँ पु¥याइएको छ, जुन अघिल्लो वर्षभन्दा १०० करोड रुपैयाँ बढी हो ।
भारतले नेपालसँगै श्रीलंका, अफगानिस्तान, मौरिसस र मंगोलियाको सहायता रकम पनि बढाएको छ भने बंगलादेश, माल्दिभ्स र म्यानमारका लागि अनुदान घटाएको छ ।
भारतको विदेश मन्त्रालयको समग्र बजेटसमेत वृद्धि गरिएको छ । यसैबीच, भारतले इरानस्थित चाबहार बन्दरगाह परियोजनाका लागि यस वर्ष कुनै पनि बजेट विनियोजन नगरेको छ ।














