काठमाडौँ, १७ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने निर्वाचनलाई “देश बनाउने र देश जलाउने शक्तिबीचको प्रतिस्पर्धा” भएको बताएका छन् ।
एमाले ओखलढुंगा–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा बोल्दै ओलीले देश बनाउने पक्षमा उभिन नागरिकलाई आग्रह गरे ।
झापा क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहेका ओलीले प्रतिस्पर्धी बालेन्द्र शाह (बालेन)तर्फ संकेत गर्दै संगठन, उद्देश्य र विचार नभएका व्यक्तिहरूले भ्रम फैलाइरहेको टिप्पणी गरे ।
उनले सामाजिक सञ्जालमार्फत हाइप सिर्जना गरिए पनि जनाधार नभएको दाबी गर्दै यस्ता प्रवृत्तिले देशलाई बिगार्ने चेतावनी दिए ।














