काठमाडौं, १६ माघ । नेकपा एमालेले ‘बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र’ मूलमन्त्रसहित नयाँ चुनावी घोषणापत्र ल्याउने तयारी गरेको छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षालाई केन्द्रमा राख्दै सुदृढ लोकतन्त्र, संवैधानिक सर्वोच्चता, कानुनी शासन, सामाजिक न्याय र दिगो विकासलाई घोषणापत्रको मुख्य आधार बनाइने एमालेले जनाएको छ ।
घोषणापत्रलाई व्यावहारिक र कार्यान्वयनयोग्य बनाउने उद्देश्यसहित एमालेले विज्ञहरूसँग छलफल गरिसकेको छ । विगतका घोषणापत्रभन्दा परिष्कृत र कम महत्वाकांक्षी तर कार्यान्वयन गर्न सकिने कार्यक्रम समेटिने एमाले नेताहरूको दाबी छ ।
जेनजी आन्दोलनपछि क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, आर्थिक विकास, सामाजिक सुरक्षा र बलियो राष्ट्रियताको मुद्दा पनि घोषणापत्रमा समावेश गरिनेछ ।














