जनकपुर, १६ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको बताएका छन् ।
धनुषा–४ मा आयोजित चुनावी कार्यक्रममा उनले पार्टीभित्र मतभेद नरहेको र कांग्रेस एक ढिक्का भएर निर्वाचनमा होमिएको उल्लेख गरे ।
हालै सम्पन्न अधिवेशनपछि कांग्रेस सोच र कार्यशैली परिवर्तन गरेर अघि बढेको उनको भनाइ छ ।














