काठमाडौं, १४ माघ । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जो–कोहीसँग पनि ‘पब्लिक डिबेट’का लागि तयार रहेको बताएका छन् ।
काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सार्वजनिक बहसको अभ्यास आफूले पहिलेदेखि गर्दै आएको दाबी गरे ।
भावी प्रधानमन्त्रीबीच पब्लिक डिबेटको बहस चलिरहेका बेला उनले देश अझै संकटमुक्त नभएको उल्लेख गर्दै निर्वाचनलाई स्वच्छ र धाँधलीरहित बनाउन ध्यान दिनुपर्ने बताए।
प्रचण्डले देश स्टन्टबाजीबाट नचल्ने टिप्पणी पनि गरे ।














