काठमाडौं, १३ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ वटा गाडी उपहार दिएको छ ।
भारतीय दूतावासले माघ ६ गते सिंहदरबारमा क्याबिन पिकअप भ्यान हस्तान्तरण गरेको हो । गृह मन्त्रालयको मागअनुसार निर्वाचन प्रयोजनका लागि प्राप्त यी गाडी निर्वाचनपछि नेपाल सरकारले आवश्यकताअनुसार प्रयोग गर्न सक्नेछ ।
यस निर्वाचनका लागि भारतले कुल ५३८ वटा सवारी साधन सहयोग गर्ने जनाएको छ ।














