बर्दिया, १३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले मंगलबार बिहान बर्दिया–२ मा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गरेका छन् ।
सुदूरपश्चिम केन्द्रित चुनावी अभियानका क्रममा बालेनले राजापुरस्थित कार्यालय उद्घाटन गर्नुका साथै प्रसिद्ध ठाकुर बाबा मन्दिरको दर्शन पनि गरेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बर्दिया–२ मा १७ दल र एक स्वतन्त्र गरी १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
रास्वपाबाट श्रीधर पोखरेल उम्मेदवार छन् । २०७९ को निर्वाचनमा बर्दिया–२ बाट स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका थिए ।














