काठमाडौं, १२ माघ । प्रतिनिधिसभा निर्वाचन हुन ३८ दिन बाँकी रहँदा निर्वाचन आयोग चुनावी तयारीमा व्यस्त भएको छ ।
उम्मेदवारी दर्तापछि दलहरू प्रचारमा जुट्दा आयोगले आइतबारदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ ।
केन्द्रमार्फत सूचना संकलन, विश्लेषण र आवश्यक निर्णय तुरुन्त लिने व्यवस्था गरिएको छ ।
यसैबीच मतदाता नामावलीसहितका निर्वाचन सामग्री छपाइ, प्याकिङ र जिल्लामा पठाउने काम तीव्र पारिएको आयोगले जनाएको छ ।














