काठमाडौं, २ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार तथा राजनीतिक दलले छुट्टै बैंक खाता खोल्न पाउने व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगको पत्राचारपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गर्दै प्रदेश वा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा निर्वाचन खर्च–आम्दानीका लागि छुट्टै खाता खोल्न निर्देशन दिएको हो।
यस्तो खाता निर्वाचन आयोगको निर्णय नआएसम्म सञ्चालनमा रहनेछ ।














