दमक, १२ माघ । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बालेन्द्र साह (बालेन) को अनुपस्थितिमा घरदैलो र मतदाता भेटघाट अभियानलाई तीव्र पारेको छ ।
स्थानीय नेता–कार्यकर्ताले दमकका विभिन्न टोलमा पुगेर मतदातासँग संवाद गर्दै समस्या, गुनासा र सुझाव संकलन गरिरहेका छन् । घरदैलो अभियानमा पार्टीका महिला र युवाको उल्लेख्य सहभागिता देखिएको छ ।
बालेनका पक्षमा मत माग्न उनकी पत्नी सविना पनि दमक पुगेकी छन् । रास्वपाले कमल गाउँपालिकाका विभिन्न वडामा पनि घरदैलो कार्यक्रम जारी राख्ने जनाएको छ ।














