काठमाडौं, १२ माघ । छिमेकी मुलुक भारतले आज ७७ औं गणतन्त्र दिवस मनाउँदै छ ।
सन् १९५० मा आजकै दिन भारतको संविधान लागू भएको थियो । गणतन्त्र दिवसका अवसरमा राजधानी नयाँदिल्लीमा भव्य परेड आयोजना हुँदैछ, जहाँ भारतको विकास यात्रा, सांस्कृतिक विविधता र सैन्य क्षमता प्रदर्शन गरिनेछ ।
परेडमा हालै गठन भएका सैन्य इकाई र प्रमुख हथियार प्रणालीका मोडल समावेश गरिने बताइएको छ । समारोहमा युरोपियन काउन्सिलका अध्यक्ष एन्टोनियो कोस्टा र युरोपियन कमिसनकी अध्यक्ष उर्सुला वान डर लेयेन प्रमुख अतिथि रहनेछन् ।
राष्ट्रपति द्रौपदी मुर्मुले समारोहको अगुवाइ गर्नेछिन् । यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई शुभकामना दिँदै विकसित भारतको संकल्प अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।














