एजेन्सी । अमेरिकामा आएको भीषण हिम आँधीले देशभर जनजीवन प्रभावित बनाएको छ।
आँधीका कारण करिब १० लाख घर तथा व्यवसायमा विद्युत् सेवा अवरुद्ध भएको छ भने हालसम्म १३ जनाको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० वटा राज्य र राजधानी वासिङ्टन डिसीमा आपत्काल घोषणा गरेका छन् ।
नेशनल वेदर सर्भिसका अनुसार आँधी ३,२२० किलोमिटर क्षेत्रमा फैलिँदा करिब २१ करोड नागरिक प्रभावित भएका छन् । हिम आँधीका कारण ३१ हजारभन्दा बढी उडान प्रभावित र १८ हजारभन्दा बढी उडान रद्द भएका छन् ।
क्यानडाको सीमा नजिक तापक्रम माइनस ४५ डिग्री सेल्सियससम्म झरेको छ । विद्युत् आपूर्ति पूर्ण रूपमा सुचारु हुन अझै केही हप्ता लाग्न सक्ने अधिकारीहरूले बताएका छन् ।














