काठमाडौं, ११ माघ । पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यु) कागजात बनाएर बीमा कम्पनीबाट करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा विभिन्न ट्राभल कम्पनीका ६ जना सञ्चालक पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले माउन्टेन रेस्क्यु, नेपाल चार्टर सर्भिस र एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स कम्पनीमार्फत फेक रेस्क्यु गरिएको पुष्टि गरेको हो ।
अनुसन्धानअनुसार तीनै कम्पनीले सयौँ नक्कली उद्धार देखाई करोडौँ डलर बराबरको बीमा दाबी गरेका थिए। अधिकांश फेक रेस्क्यु लुक्लाबाट गरिएको सीआईबीले जनाएको छ ।














