जनकपुर, ११ माघ । मधेश प्रदेशमा महिला क्लस्टरबाट राष्ट्रियसभा सदस्यमा नेकपा (एमाले) की उम्मेदवार रेखा झा विजयी भएकी छन् ।
उनले ७ हजार २२२ मतभार प्राप्त गर्दै स्पष्ट जित हासिल गरिन् । उनका प्रतिस्पर्धी नेकपा की शमी कुमारी अग्रवालले १ हजार ९४४ मतभार ल्याइन् भने जसपाकी चन्द्रकला देवी साह ३२२ मतभारमै सीमित भइन् ।
एमालेसहित कांग्रेस, जसपा र जनमत पार्टीको समर्थनमा झा निर्वाचित भएकी हुन् । महोत्तरीकी झा एमालेकी प्रदेश सदस्य रहिसकेकी नेता हुन् ।
राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि उनले खुसी र गर्वको अनुभूति व्यक्त गर्दै पार्टीले दिएको जिम्मेवारी इमानदारीका साथ पूरा गर्ने बताएकी छन् ।














