जनकपुर, ५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी टिकट प्राप्त गरेका छन् ।
जनकपुरमा आयोजित रास्वपाको ‘परिवर्तन उद्घोष सभा’का क्रममा पार्टी सभापति रवि लामिछानेको हातबाट उनले टिकट लिएका हुन् ।
यसअघि आइतबार काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन संघीय संसद्को राजनीतिमा प्रवेश गर्दै सक्रिय चुनावी अभियानमा होमिएका छन् ।














