काठमाडौं, २७ पुस । जनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच औपचारिक रूपमा एकीकरण सम्पन्न भएको छ ।
एकीकरणपछि पार्टीको नाम जसपा नेपाल नै रहनेछ भने चुनाव चिन्ह छाता कायम गरिएको छ । सम्झौताअनुसार महन्थ ठाकुर पार्टीको संरक्षक र उपेन्द्र यादव अध्यक्ष बनेका छन् ।
एकीकृत पार्टी सञ्चालनका लागि ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ, जसले केन्द्रीय समिति पूर्ण रूपमा समायोजन नहुँदासम्म पार्टीको नेतृत्व र निर्णय गर्नेछ ।
आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारीसम्बन्धी निर्णय संयुक्त रूपमा गरिने र थप प्रक्रिया कानुनअनुसार अघि बढाइने सहमति भएको छ ।














