काठमाडौं, २७ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा सभापति शेरबहादुर देउवानिकट नेताहरू खुल्न थालेका छन् ।
विशेष महाधिवेशनको उद्घाटन समारोहमा देउवा समूहका उदयशमशेर राणा, विनोद चौधरी, डिला संग्रौला, पुष्पा भुसाललगायत नेताहरूको सहभागिता रहेको छ।
यससँगै देउवा समूहभित्र पनि विशेष महाधिवेशनलाई समर्थन बढ्दै गएको देखिएको छ ।














