काठमाडौं, १४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकताबाट बाहिरिएपछि उज्यालो नेपाल पार्टी समानुपातिक निर्वाचन प्रणालीबाट बाहिरिएको छ ।
पार्टीले निर्वाचन आयोगमा छुट्टै समानुपातिक बन्दसूची नबुझाएकाले अब उसका उम्मेदवार प्रत्यक्षतर्फ मात्र रहनेछन् । रास्वपाको तर्फबाट बुझाइएको बन्दसूचीमा समावेश १४ जना उज्यालो नेपालका उम्मेदवार पार्टी विभाजनपछि या त रास्वपामै रहने वा नाम फिर्ता लिनुपर्ने अवस्थामा पुगेका छन् ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले १६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्ष उम्मेदवार उठाउने घोषणा गरिसकेका छन् ।














