काठमाडौँ, २५ पुस । देशभर चिसो बढ्दै जाँदा काठमाडौँको न्यूनतम तापक्रम घटेर २.४ डिग्री सेल्सियस पुगेको छ, जुन यस वर्षकै सबैभन्दा कम हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पुस लागेपछि तापक्रम निरन्तर घट्दो क्रममा छ । अन्य स्थानमा पनि कडाके चिसो देखिएको छ ।
जुम्लामा न्यूनतम तापक्रम माइनस ७.७ डिग्री, जोमसोममा माइनस ५ र दोलखाको जिरीमा माइनस २.१ डिग्री रेकर्ड गरिएको छ ।
मौसमविद्हरूले चिसो अझै केही दिन कायम रहने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।














