काठमाडौं, २५ पुस । सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ वा ९ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत घोषणा गर्दै उनले दलगत राजनीतिभन्दा माथि उठेर युवापुस्ताको आवाज, जवाफदेही राजनीति, पारदर्शिता र भ्रष्टाचारविरुद्धको अभियानलाई संसद्मा प्रतिनिधित्व गर्ने बताएकी छन् ।
चलचित्र क्षेत्रबाट सामाजिक अभियन्तामा रूपान्तरित तामाङले जेनजी आन्दोलनसँग जोडिएका मुद्दालाई सडकदेखि सदनसम्म उठाउने प्रतिबद्धता जनाएकी छन् ।














