काठमाडौं, २५ पुस । तीन वटै सुरक्षा निकाय—नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल-ले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन भयरहित र सुरक्षित रूपमा सम्पन्न गराउन पूर्ण तयारी अवस्थामा रहेको बताएका छन् ।
राष्ट्रिय सुरक्षा परिषद्बाट पारित एकीकृत सुरक्षा योजनाअनुसार आपसी समन्वय, लक्षित सुरक्षा रणनीति र अतिरिक्त जनशक्ति परिचालन भइरहेको उनीहरूको भनाइ छ ।
संसदीय समितिसँगको छलफलमा सुरक्षा अधिकारीहरूले सम्भावित सुरक्षा जोखिमको विश्लेषण भइसकेको, गस्ती, बम डिस्पोजल तयारी, जनचेतना कार्यक्रम र निर्वाचन प्रहरी थप्ने प्रक्रिया अघि बढेको जानकारी दिएका छन् ।
तीन वटै निकायले शान्तिपूर्ण, सुरक्षित र विश्वसनीय निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।














