काठमाडौं, २५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीलाई विभाजित तुल्याउने गतिविधि नगर्न पार्टी पंक्तिलाई आग्रह गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले केन्द्रीय कार्यसम्पादन समितिबाट सर्वसम्मत रूपमा भएका निर्णयको स्वामित्व सबै तहले लिनुपर्ने स्मरण गराएको छ ।
प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार पार्टी निर्णयविरुद्ध सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत भइरहेको अनर्गल प्रचार, जथाभावी अभिव्यक्ति र भ्रम फैलाउने गतिविधिलाई अवाञ्छित र पार्टी हितविपरीत भन्दै यस्ता कार्यमा संलग्न नहुन आग्रह गरिएको छ ।














