काठमाडौं, २५ पुस । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा सहभागी मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट नभएको स्पष्ट पारेका छन् ।
बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले सरकारको मुख्य म्यान्डेट तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्नु रहेको बताउँदै निर्वाचन समयमै हुनेमा शंका नगर्न आग्रह गरे ।
उनले सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको र तोकिएको मितिमा निर्वाचन नभए देश संकटतर्फ जान सक्ने चेतावनी दिए ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वच्छ, निष्पक्ष र भयरहीत निर्वाचनका लागि सुरक्षा निकायलाई सशक्त बनाउनुपर्ने र भ्रामक सूचना तथा प्रविधिको दुरुपयोगप्रति सचेत रहन आग्रह गरे ।














