काठमाडौं, २४ पुस । नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सांसद रहबर अन्सारीले पार्टीबाट राजीनामा दिएका छन् ।
अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै बुझाएको राजीनामा पत्रमा उनले पार्टीले साहस, इमान र जोखिम त्यागेको आरोप लगाएका छन् ।
प्रचण्डले हालै गाएको ‘इन्कलाब’ गीतका शब्द स्मरण गराउँदै अन्सारीले आफू अब यस्तो विरोधाभासको हिस्सा बन्न नसक्ने उल्लेख गरेका छन् ।















