काठमाडौँ, २४ पुस । त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमाबापतको करिब ३९ करोड रुपैयाँ शोधभर्ना समयमै नपाए माघ १ गतेदेखि बिमामार्फतको सेवा बन्द गर्ने चेतावनी दिएको छ ।
स्वास्थ्य बिमा बोर्डले तिर्नुपर्ने ३८ करोड ९५ लाख रुपैयाँभन्दा बढी रकम नआउँदा औषधि खरिद, स्वास्थ्य सामग्री आपूर्ति र दैनिक खर्च व्यवस्थापनमा समस्या भएको अस्पतालले जनाएको छ ।
पुसभित्र भुक्तानी नभए सेवा रोक्ने स्पष्ट चेतावनी अस्पतालले दिएको हो । अस्पतालका अनुसार पटक–पटक स्वास्थ्य बिमा बोर्ड, स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयलाई जानकारी गराउँदा पनि समाधान नआएको छ ।
बिमा बोर्डले भने सरकारले आवश्यक बजेट नदिँदा भुक्तानीमा समस्या भएको बताएको छ ।














