काठमाडौं, २३ पुस । नेपाली कांग्रेसको संस्थापन पक्षले भोलि (शुक्रबार) केन्द्रीय सदस्यहरूको भेला गर्ने भएको छ ।
सभापति शेरबहादुर देउवासँगको छलफलपछि बिहान साढे १० बजे नयाँ बानेश्वरमा भेला आयोजना गरिने छ । भेलामा संस्थापन पक्षका शीर्ष नेताहरूलाई नबोलाइने जनाइएको छ ।
भेलामा संस्थापन पक्षबाट निर्वाचित २५ केन्द्रीय सदस्यसहित केन्द्रीय सदस्यहरू मात्र सहभागी हुनेछन् । संस्थापन पक्ष निर्वाचनअघि महाधिवेशन गर्न नहुने अडानमा रहेको छ ।
यसैबीच संस्थापन पक्षले २७ पुसमा विशेष महाधिवेशनको काउन्टरमा युवा भेला आयोजना गर्दैछ । ‘आमनिर्वाचन, १५ औं महाधिवेशन र युवाको भूमिका’ विषयक भेला सानेपास्थित केन्द्रीय कार्यालयमा हुने छ ।














