KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

‘अब त्यो समय आएको छ’ भन्दै कुलमानले थाले राजनीतिक यात्रा

‘अब त्यो समय आएको छ’ भन्दै कुलमानले थाले राजनीतिक यात्रा

काठमाडौं, २३ पुस । मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले अब आफू पूर्ण रूपमा राजनीतिमा सक्रिय हुने घोषणा गरेका छन् ।

उज्यालो नेपाल बनाउने लक्ष्यसहित राजनीतिमा प्रवेश गरेको बताउँदै उनले भोलिदेखि नै सक्रिय राजनीतिक जीवन सुरु गर्ने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीसहितका नेताहरूको आग्रहपछि घिसिङले बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामापत्र बुझाएका हुन् । राजीनामापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मन्त्री पदबाट बाहिरिए पनि जनताको पक्ष, राष्ट्रको हित र सत्यको बाटोबाट कहिल्यै नहट्ने प्रतिबद्धता जनाए ।

म पदबाट बाहिरिएको छु, तर जनताको पक्ष, राष्ट्रको हित र सत्यको बाटोबाट कहिल्यै बाहिरिने छैन,’ घिसिङले भने, ‘उज्यालो नेपाल बनाउन सशक्त रूपमा अबको मेरो बाटो राजनीतिक यात्रा हुनेछ, र यही बाटोमा अघि बढ्ने मेरो दृढ संकल्प छ ।

घिसिङले देशभित्र देखिएका समसामयिक समस्या, विद्यमान राजनीतिक परिस्थिति र अवस्थालाई परिवर्तन गर्न राजनीतिक नेतृत्वमा जान आवश्यक ठानेको बताए ।

लामो समय कार्यकारी जिम्मेवारीमा रहेर मन्त्रालयको काममा व्यस्त भएकाले खुला रूपमा राजनीति गर्न नपाएको उल्लेख गर्दै अब भने प्रत्यक्ष राजनीतिक भूमिकामा देखिने बताए । ‘अब त्यो समय आएको छ ।

भोलिदेखि नै मेरो राजनीतिक जीवन सुरु हुन्छ, र भोलिदेखि नै प्रभावकारी हुन्छ,’ उनले भने, ‘देशको वर्तमान अवस्था परिवर्तन गर्न राजनीतिक नेतृत्वमा जानकै लागि मैले आज मन्त्रिपरिषद्बाट राजीनामा दिएको हुँ ।

यसैबीच, घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच उपसभापति बन्ने विषयमा समझदारी भएको चर्चा भए पनि उक्त सहमति हालसम्म कार्यान्वयनमा नआएको उनले स्पष्ट पारे ।

उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमतिमा मेरो नाम उल्लेख भए पनि त्यो समझदारी अहिलेसम्म लागू भएको छैन,’ उनले भने, ‘अहिलेसम्म मैले कुनै पनि राजनीतिक दलको सदस्यता लिएको छैन ।

Facebook Comment

Related Posts

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

सुकुमवासी स्थानान्तरणपछि पाँच ठाउँमा बसोबासको तयारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar