काठमाडौं, २३ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेश गरेका छन् ।
बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीनवटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व गरेको भन्दै घिसिङको प्रशंसा गरिन् ।
प्रधानमन्त्रीले विपद् व्यवस्थापन, विकास निर्माणका बेथितिविरुद्ध कठोर कदम र निःस्वार्थ सेवाका कारण देशले घिसिङलाई सम्झिरहने बताइन् ।
सम्मानस्वरूप खादा पहिर्याउँदै आगामी राजनीतिक जीवन सफल रहोस् भन्ने शुभकामना पनि दिइन् ।
घिसिङले अन्तरिम अवधिमा काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीप्रति आभार व्यक्त गरे ।














